काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा आज बिहान आठ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शहीदचोक आसपास र गण्डकी प्रदेश सभा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेकी हुन् ।

advertisement

निषेधाज्ञा अवधिभर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

यदि त्यसको अवज्ञा गरेमा जोसुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी जिल्ला प्रशासन कार्यालय कास्कीले दिएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com