काठमाडौं । जारी जेनजी आन्दोलनमा सहभागी युवाहरूले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)लाई नेतृत्वका लागि खुला आह्वान गरेका छन्। उनीहरूले मंगलबार दिउँसो २ बजेसम्म आन्दोलनमा प्रत्यक्ष रूपमा उपस्थित हुन चेतावनीसहितको समयसीमा तोकेका छन्।

सामाजिक सञ्जालमार्फत युवाहरूले बालेनलाई आन्दोलनको अग्रपंक्तिमा देखिन आग्रह गरेका छन्। सहभागी दिवाकर भट्टले फेसबुकमार्फत लेख्दै भनेका छन्, “बालेन, दिउँसो दुई बजेसम्म हामीसँग उभिन सक्छौ भने आउ नेतृत्व गर। यदि आउन सकेनौं भने याद राख, तिमी हाम्रो नेता कहिल्यै हुने छैनौ।”

advertisement

युवाहरूले तोकिएको समयमा बालेन उपस्थित नभए उनीसँग कुनै पनि सम्बन्ध नरहने चेतावनी दिएका छन्।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com