काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। सरकारले जेनजी आन्दोलनमाथि गरेको दमन र नागरिक अधिकार उल्लंघनविरुद्ध आफूले पद त्यागेको उनले घोषणा गरेका छन्।

शाहले सार्वजनिक गरेको विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनेजस्ता अमानवीय कदमले लोकतन्त्रको मर्यादा ध्वस्त पारेको उल्लेख छ। “संसद्मा मौन बसिरहनु मेरो विवेक, पुस्ता र मतदाताप्रतिको विश्वासघात हुनेछ,” उनले लेखेका छन्।

advertisement

उनले संसद्मा पटक–पटक युवाको आवाज उठाए पनि सत्ता पक्षले गम्भीरतापूर्वक नलिएको आरोप लगाएका छन्। “संसद भवन जोगाउन नागरिकमाथि गोली चलाउनु सरकारद्वारा भएको अपराध हो,” उनले भनेका छन्।

राजीनामापछि अब आफू सडकमा उत्रेर जेनजी पुस्तासँगै संघर्ष गर्ने प्रतिवद्धता शाहले व्यक्त गरेका छन्।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com