काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै मंगलबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गर्न लागेको रास्वपाका एक सांसदले बताएका छन्।

बैठक सुरु भएको पुष्टि गर्दै प्रवक्ता मनिष झाले औपचारिक निर्णय केहीबेरमै हुने जनाएका छन्। यसअघि सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका पार्टी सभापति रवि लामिछानेले माग सम्बोधन नहुने अवस्था आए सांसदहरू राजीनामाका लागि तयार रहन निर्देशन दिएका थिए।

advertisement

जेनजी आन्दोलनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएपछि देशभर आन्दोलन चर्किएको छ। सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध सुरु भएको विरोध प्रदर्शनलाई रास्वपाले सुरुदेखि नै समर्थन जनाएको छ।

प्रतिनिधिसभामा रास्वपाका २१ सांसद रहेका छन्। तीमध्ये असीम शाहले सोमबार नै राजीनामा घोषणा गरिसकेका छन्। बाँकी सांसदले पनि सामूहिक राजीनामा गर्ने निर्णय गरेसँगै संसदमा ठूलो राजनीतिक हलचलको संकेत देखिएको छ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com