काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको निवासमा पनि प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् । जेन–जी आन्दोलनकै क्रममा सोमबार १९ जनाको मृत्यु भएपछि आज बिहानदेखि प्रदर्शन झनै उग्र बनेको हो ।
प्रदर्शनकारीहरू विभिन्न नेताहरूको घरअगाडि पुगेर ढुंगामुढा र आगजनी गर्दै विरोध जनाइरहेका छन् । यही क्रममा सोमबार कमलपोखरीस्थित थापाको घरअगाडि पनि उनीहरूले प्रदर्शन गरेका हुन् ।
स्थानीयका अनुसार अहिले पनि थापाको निवास आसपास प्रदर्शनकारीहरूले ढुंगामुढा जारी राखेका छन् ।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया