काठमाडौं । काठमाडौंको गौशालामा प्रहरीले गोली चलाएको छ।

मंगलबार दिउँसो काठमाडौंको गौशाला प्रहरी वृत्त अगाडि प्रदर्शनको क्रममा गोली चलाएको हो।

advertisement

गौशाला प्रहरीका अनुसार वृत्तमा ढुंगामुढा तथा तोडफोड भएको छ।

त्यसक्रममा प्रहरीले गोली चलाएको वृत्तले जनाएको छ।

‘यहाँ गोली नै चलेको छ। वृत्तमा तोडफोड तथा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको छ,’ वृत्तकी एक प्रहरी अधिकारीले बताइन्।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com