काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने तयारी गरेका छन् ।

सोमबार जेनजीले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएपछि आज बिहानैबाट देशभर आन्दोलन चर्किएको छ ।

advertisement

प्रधानमन्त्री ओलीको निजी निवास बालकोट, कांग्रस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आगजनी भएको छ भने कांग्रेस र एमालेको केन्द्रीय कार्यालयमा पनि प्रदर्शनकारीले आगो लगाएका छन् ।

स्थिति सरकारको नियन्त्रणभन्दा बाहिर गएपछि प्रधानमन्त्री ओलीले राजीनामाको तयारी गरेको स्रोतको दाबी छ ।

‘प्रधानमन्त्रीज्युले निकटस्थहरुसँग आजै राजीनामा गर्नेबारे छलफल गर्नुभएको छ,’ स्रोतले भन्यो ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com