काठमाडाैं । नेकपा एमालेका नेता तथा इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्बाङले पूर्वाग्रहपूर्ण हट त्यागेर समस्याको समाधान खोज्न एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा हिजोको घटनाले आफूलाई रातभर पोलेको, मर्माहत भएको बताउँदै दिवंगतको आत्माको चीर शान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

advertisement

उनले भनेका छन्, ‘सुन्दर भविष्यको परिकल्पना गरी आवाज उठाउने माथि किन बर्बरता पूर्वक गोली बर्साइयो । निस्पक्ष छानबिन होस । दोषीलाई कडा कारबाही होस् । नेतृत्वले आफ्नो हट त्यागेर समस्याको समाधान खोज्न जरुरी छ।’

सामाजिक सञ्जालमा यस्तो हतातयी घटना हुँदा पनि युवा मानिएका नेम्बाङको धारणा किन आएन भन्ने प्रश्न सोधिएको थियो ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com