काठमाडौं । भैंसेपाटीस्थित सरकारी क्वाटरबाट हेलिकोप्टरमार्फत उद्धार गरिएका मन्त्रीहरू बालुवाटार पुगिसकेका छन् भने उनीहरूका परिवारसहित केही उच्च सुरक्षा आवश्यक पर्ने व्यक्तिहरूलाई नेपाली सेनाको भैरवनाथ गणमा सुरक्षित राखिएको छ।
स्रोतका अनुसार, भैरवनाथ गण युद्धकालमा बन्दी राखिने स्थानका रूपमा परिचित छ र अहिले सुरक्षा व्यवस्था सुनिश्चित गर्न प्रयोग गरिएको छ। अधिकांश मन्त्री तथा वीआईपीहरूलाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा सारिएको थियो भने कतिपयलाई अन्य सुरक्षित स्थानमा पनि राखिएको जानकारी छ।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया