काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनकारी युवाहरूलाई पनि समेटेर संविधानको दायराभित्रै अन्तरिम सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने कुरा अघि बढाएका थिए, यद्यपि प्रधानमन्त्री ओलीले पहिले नै राजीनामा दिइसकेका छन्।

advertisement

राजीनामापछि देशले लिनुपर्ने बाटोबारे उनले सुझाव दिँदै भने, ‘प्रधानमन्त्रीको राजीनामापछि संविधानको दायराभित्रै अघि बढ्दै आन्दोलनकारी युवाहरूलाई समेत समेटेर अन्तरिम सरकार गठन गर्नुपर्छ।’

उनले थपे, ‘अन्तरिम सरकारले युवाहरूले उठाएका मागहरूको सम्बोधन गर्नुका साथै हालका दुःखद घटनाहरूको निष्पक्ष छानबीन, संविधानमा अग्रगामी संशोधन (प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीसहित) र निष्पक्ष निर्वाचनको व्यवस्था सुनिश्चित गर्नुपर्नेछ।’

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com