काठमाडौं । जेन–जी आन्दोलनकारीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आगजनी गरेका छन्।

पूर्वराष्ट्रपतिका स्वकीय सचिव राजकुमार राईका अनुसार मंगलबार प्रदर्शनकारीहरूले भण्डारीको भंगालस्थित निवासलाई लक्षित गर्दै आगजनी गरेका हुन्।

advertisement

‘निवासमा आगजनी भएको छ, उहाँलाई सुरक्षित स्थानमा सारिएको छ,’ राईले जानकारी दिँदै भने, ‘प्रदर्शनकारीहरू अहिले पनि सो क्षेत्र वरिपरि उपस्थित छन्।’

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए पनि राजधानी काठमाडौंसहित देशभर प्रदर्शन उस्तै चर्किँदो छ। आन्दोलनकारीहरूले निरन्तर तोडफोड र आगजनी गरिरहेका छन्।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com