काठमाडौं । उग्र प्रदर्शन गरिरहेका जेनजी प्रदर्शनकारीहरूले यतिबेला पूर्णरूपमा सिंहदरबार आफ्नो कब्जामा लिएका छन् ।

कतिपयले सिंहदरबारभित्रका कोठा कोठा पुगेर आगजनी गरिहरेका छन् भने कतिपय हतियार नै बोकेर आफैं पड्काइरहेका छन् ।

advertisement

सुरक्षाकर्मीले प्रयोग गर्ने गरेका सवारीसाधन प्रदर्शनकारीहरू आफैं चलाएर हिँड्न थालेका छन् ।

यसैबीच केहीबेरअघि सिंहदरबारको मूल गेटमाथि जेनजी युवाहरू चढेका छन् । उनीहरू सिंहदरबारको मूल गेटबाटै झण्डा फहराएका छन् ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com