काठमाडौं । जेन–जी आन्दोलनका क्रममा घाइते भई उपचाररत तीन प्रदर्शनकारीको मृत्यु भएको छ।

निजामती अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मंगलबार विभिन्न स्थानबाट १९० जना घाइते अस्पतालमा भर्ना गरिएको थियो। तीमध्ये तीन जनाले उपचारका क्रममा ज्यान गुमाएका हुन्।

advertisement

रेग्मीले दुई जना गम्भीर घाइतेलाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको जानकारी पनि दिए।

यसअघि कालीमाटी क्षेत्रमा प्रहरीले गोली प्रहार गर्दा दुई प्रदर्शनकारीको मृत्यु भएको थियो। सोमबार देशभर चर्किएको आन्दोलनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com