काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्न खोजेका जेन–जी आन्दोलनकारीलाई नेपाली सेनाले रोक्दै फर्काएको छ।
स्रोतका अनुसार विमानस्थल प्रवेशको प्रयासमा रहेका दुई–तीन जनाको प्रतिनिधिलाई सेनाले भिआईपी कक्षमा लगेर स्थिति बुझाएको थियो। यसपछि उनीहरू आत्मसमर्पण गर्दै फर्किएका हुन्।
प्रारम्भिक जानकारीअनुसार आन्दोलनकारीहरूले नेताहरू विदेशिने सम्भावनालाई लिएर विमानस्थल प्रवेश गर्न खोजेका थिए। तर, सेनाले भीआईपीहरू सुरक्षित रहेको देखाएपछि उनीहरूले प्रवेश प्रयास त्यागेका हुन्। हाल विमानस्थलको अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको छ।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया