काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेका छन्।
प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सरकारी निवास बालुवाटारमा आगजनी र तोडफोडको घटना भएको थियो। यसबीच ओली बालुवाटार छोडेर राजधानीकै बुढानीलकण्ठस्थित शिवपुरी ब्यारेकतर्फ सरेका छन्।
सुरक्षा स्रोतका अनुसार उनी पत्नीसहित सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट शिवपुरी पुगेका हुन् र अहिले त्यहाँको सेनाको ब्यारेकमा सुरक्षित छन्।
जेन–जी आन्दोलन नियन्त्रणबाहिर पुगेपछि ओलीले मंगलबार दिउँसो प्रधानमन्त्री पदबाट राजीनामा दिएको जानकारी सार्वजनिक भएको थियो।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया