अस्ट्रेलिया । अभिनेता राजेश हमाल अस्ट्रेलियाको सिड्नीस्थित स्ट्र्याथफिल्डमा जेन–जीद्वारा आयोजित ऐक्यबद्धता तथा श्रद्धाञ्जली सभामा सहभागी भएका छन्।

सभामा ठूलो संख्यामा उपस्थित युवालाई सम्बोधन गर्दै हमालले नेपालमा जेन–जीले देखाएको साहसको प्रशंसा गरे। उनले भने, ‘जेन–जीमाथि भएको सरकारी दमन राज्यको अपराध र इतिहासकै दुःखद घटना हो। यो आन्दोलन केवल तत्कालको आक्रोश होइन, बरु वर्षौंदेखिको असन्तुष्टि र गुनासोको विस्फोट हो।’

advertisement

हमालले आन्दोलन राष्ट्र र परिवर्तनको लागि भएकोले राष्ट्रिय सम्पत्तिमा क्षति नगर्न र संयमता अपनाउन सबैलाई आग्रह गरे। उनले जोड दिए, ‘राष्ट्रिय सम्पत्ति नेताको निजी सम्पत्ति होइन, जनताको हो। यसलाई जोगाउनु हाम्रो साझा जिम्मेवारी हो। हाम्रो राष्ट्र, हाम्रो सम्पत्ति, हाम्रो पूर्वाधार हामी सबैका लागि महत्वपूर्ण छ, भोलि युवाहरू नेतृत्वमा आए पनि यही पूर्वाधार आवश्यक पर्छ। त्यसैले आन्दोलनको उद्देश्य र मर्मलाई शान्तिपूर्ण ढंगले अघि बढाऔं।’

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com