काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा केही अराजक समूहले ढोकामा तोडफोड गर्न थालेपछि नेपाली सेनाको टोली खटिएको छ।

सैनिक प्रवक्ता राजाराम बस्नेतलेभने, ‘सेनाको टोली तत्कालै घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिइरहेको छ।’

advertisement

जेन–जी प्रदर्शनकारीका नेताहरूले भने, साँझको प्रदर्शनमा केही व्यक्तिहरू मन्दिर क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरेका हुन्। एक प्रदर्शनकारीले भने, ‘हामीले यस्तो व्यापक आगजनी गर्ने योजना गरेका थियौंैनौं। हाम्रो माग अनुसार परिस्थिति अघि बढिरहेका बेला केही अराजक तत्व मन्दिरमा पुगेका रहेछन्।’

जेन–जीका अगुवाहरूले राष्ट्रपतिले आह्वान गरेको वार्तामा सहभागी भएर समाधान निकाल्ने बताएका छन्। साथै, नयाँ परिस्थिति सिर्जना भइसकेको भन्दै सरकारी सम्पत्तिमा क्षति नगर्न सबैमा आग्रह पनि गरेका छन्।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com