काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ र २४ गतेका घटनामा देशको सम्पत्ति नष्ट गर्नुका दोषीविरुद्ध कानुनी कारबाही हुनुपर्ने बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले नयाँ सरकारले शक्तिशाली आयोग बनाएर घटनाको छानबिन गर्नुपर्ने बताए। उनले भने, ‘नयाँ सरकारले कानुनको पूर्ण प्रयोग गरी छानबिन गर्नुपर्छ। ममाथि पनि छानबिन हुनुपर्छ। अकुत सम्पत्तिलाई राष्ट्रियकरण गर्नुपर्छ। तर, दोषीलाई अविलम्ब कारबाही गरिनुपर्छ।’

महामन्त्री थापाले संविधानको मर्म नहानी आवश्यक परिवर्तन गर्न जेन–जि पुस्तालाई आग्रह गर्दै भने, ‘हामी कांग्रेस सुधार्न लागिरहेका छौँ। जेन–जि पुस्ताले मन पराउने पार्टी बनाउनेछौं। तर संविधानको मर्म नहानीकन मात्र परिवर्तन हुनुपर्छ। न्याय स्पष्ट र पारदर्शी हुनैपर्छ।’

उनले थपे, ‘देश चलाउनु हाम्रो साझा जिम्मेवारी हो। त्यसैले सबैलाई एउटै काँधमा नहालिकन जिम्मेवारी बाँडेर अघि बढ्न आवश्यक छ।’

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com