धरान । सुनसरीको धरानस्थित भाटभटेनी सुपरमार्केटभित्र एक जना व्यक्तिको शव फेला परेको छ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जलेखुका अनुसार शुक्रबार बिहान फेला परेको शव जलेर कंकाल मात्रै बाँकी रहेको छ। ‘शव पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको हो, पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन,’ उनले बताए।
घटनास्थलबाट अझै दुई जना बेपत्ता रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया