काठमाडौं ।  ३८ क्वीन्टल सुन तस्करीमा संलग्न भएको आरोप लागेका चुडामणि उप्रेती (गोरे) कारागार फर्किने भएका छन् ।

सुन्धारा कारागार स्रोतका अनुसार, ‘उहाँका आफन्तले हामीलाई सम्पर्क गरेर गोरे कारागार फर्कने जानकारी गराएका छन्।’

advertisement

जेन–जी आन्दोलनको क्रममा, २४ भदौमा गोरेसहित केही कैदी सुन्धारा कारागारबाट फरार भएका थिए।

यसअघि मोरङको उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धानका क्रममा ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएको र शाक्यको हत्या सुन तस्करीसँग जोडिएको पाइएको थियो। सुन तस्करीमा प्रहरीसमेत संलग्न रहेको आशङ्कामा तत्कालीन गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरी अनुसन्धान गरिएको थियो।

छानबिन समितिको रिपोर्टअनुसार, गोरेको समूहले सन् २०१५ देखि २०१८ को फेब्रुअरीसम्म ३८ क्विन्टल भन्दा बढी सुन तस्करी गरेको निष्कर्ष निकालिएको थियो। यस प्रकरणमा ९ जना प्रहरीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता भए पनि सुन बरामद गर्न नसकिँदा जिल्ला अदालत मोरङले सबैलाई सफाइ दिएको थियो।

तर सनम शाक्य हत्या प्रकरणमा, जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले १९ असोज २०७८ मा गोरेसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। अन्य एकजनालाई ३ वर्ष र अर्का एकजनालाई ६ महिनाको सजाय दिइएको थियो। जन्मकैद पाएका गोरे हालसम्म सम्पर्कविहीन रहेको बताइएको छ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com