काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्रीका रूपमा नियुक्त हुने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले पदसँग जोडिएका अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन्।
बालुवाटार स्रोतका अनुसार उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारी साधन लगायत कुनै पनि सुविधा नलिने र केवल तलब मात्र लिने शर्त राख्दै मन्त्री पद स्वीकृत गरेका हुन्।
स्रोतका अनुसार, ‘खनालले नामका अगाडि ‘माननीय’ लेख्न नपाइने, अतिरिक्त सुविधा नलिने स्पष्ट अडान राख्नुभयो। त्यसमा हामीलाई कुनै आपत्ति छैन।’
खनाल यसअघि पनि इमान्दार र मितव्ययी व्यक्तित्वका रूपमा चिनिएका छन्। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि उनले सरकारी सुविधा अस्वीकार गरेका थिए।
केही समयअघि उनी सरकारी खर्च कटौती तथा सार्वजनिक प्रशासन सुधारबारे सुझाव दिने उच्चस्तरीय समितिको अध्यक्षसमेत बनेका थिए। सरल जीवनशैली, पारदर्शिता र मितव्ययी खर्चको पक्षधर खनाल इमान्दार पूर्वसचिवको रूपमा व्यापक सम्मानित छन्।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार












प्रतिक्रिया