काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले जेनजी आन्दोलनको नाममा भएका अपराध नियन्त्रण गर्न विशेष बल परिचालन गरिएको बताएका छन्। उनका अनुसार चोरी, लुटपाट, आगजनी, सार्वजनिक सम्पत्ति तोडफोड र प्रहरीमाथि आक्रमणमा संलग्न व्यक्तिहरूविरुद्ध कारबाही सुरु गरिएको छ।

बस्नेतले सामाजिक सञ्जालमार्फत ‘डिजिटल जेनेरेसन फोर्स’ (डिजी फोर्स) गठन गरी अपराधीहरूलाई कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

उक्त सन्दर्भमा उनले लेखेका छन्, जेनजीको नाममा हत्या, लुटपाट, चोरी, आगजनी र तोडफोड गर्नेहरूमाथि डिजी फोर्समार्फत कारबाही सुरु भइसकेको छ।

बस्नेतले सबै नागरिकलाई सहयोग गर्न अपिल गर्दै विशेषगरी प्रत्यक्षदर्शी साक्षी र सम्बन्धित पक्षलाई प्रहरीलाई आवश्यक फोटो, भिडियो र सूचना उपलब्ध गराउन आग्रह गरेका छन्।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com