काठमाडाैं । प्रहरीले धनुषाको विदेह नगरपालिका-३, जोगियाराबाट ४ सय ७५ किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार बिहान उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका-१ का २४ वर्षीय बिराज गुम्बा र बाँकेको कोहलपुर पार्वतीपुरका १८ वर्षीय एक किशोर छन्।

advertisement

इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले गणेशमान चारनाथ नगरपालिका-४, वीरेन्द्रबजारको सडकमा रोकिएको प्र.३-०१-०२४ च ८३२५ नम्बरको पिकअप गाडीबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूले धरानबाट उक्त गाडीमा गाँजा ल्याएको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पिछा गरेको थियो।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले गाँजा विदेह नगरपालिका-३, जोगियारास्थित एक इँटा भट्टामा राखेको भन्ने पत्ता लागेपछि प्रहरीले त्यहाँबाट १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com