काठमाडौं । नेपाली कांग्रेसले असोज-३ गते देशभर संविधान दिवस मनाउने निर्णय गरेको छ। पार्टीका उपसभापति पूर्णबहादुर खड्काका अनुसार, ७७ वटै जिल्लामा संविधानको सम्मान र सुरक्षाका लागि हातमा संविधान लिएर शान्तिपूर्ण प्रदर्शन गर्ने निर्देशन दिइएको छ।

उपसभापति खड्काले बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा अवलोकनका क्रममा पत्रकारसँग भने, “असोज ३ गते देशभित्र मात्र नभई विदेशमा रहेका कांग्रेसका कमिटी, भातृ संस्था र शुभेच्छुक संस्थालाई समेत संविधान हातमा लिएर संयुक्त रूपमा शान्तिपूर्ण रुपमा संविधान दिवस मनाउन अनुरोध गरेका छौं।”

उनका अनुसार, पार्टीको कार्यसम्पादन समितिको बैठकले संविधान दिवस मनाउने निर्णय गरेको हो। खड्काले यस अवसरमा संविधानको रक्षामा दृढता र संयमित अभ्यासका साथ दिवस मनाउने पार्टीको प्रतिबद्धता समेत दोहोर्याए।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com