काठमाडौं । जनमत पार्टीका शीर्ष नेताहरूले अध्यक्ष डा. चन्द्रकान्त (सि.के.) राउतको राजीनामा माग गरेका छन्। वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ नेताले पार्टीको राजनीतिक विश्वसनीयता र जनआस्था पुनःस्थापना गर्न नेतृत्व परिवर्तन आवश्यक भएको भन्दै राउतलाई राजीनामा दिन आग्रह गरेका हुन्।

राजीनामा माग्ने नेतामध्ये प्रवक्ता शरदसिंह यादव, संयोजक संजयकुमार यादव, सिके सिंह, राजाराम चौधरी र बिक्रबहादुर बम पनि रहेका छन्। उनीहरूले संगठन विभाग प्रमुख डा. जयकान्त राउतको समेत राजीनामा माग गरेका छन्।

नेताहरूले हस्ताक्षर गरेर जारी गरेको पत्रमा भनिएको छ,  पार्टीको समयानुकूल हित, राजनीतिक विश्वसनीयता र जनआस्था पुनःस्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको निष्कर्षमा पुगेका छौं। त्यसैले अध्यक्ष डा. सि.के. राउतज्यू र संगठन विभाग प्रमुख डा. जयकान्त राउतज्यूले २४ घण्टाभित्र पदबाट स्वेच्छिक राजीनामा दिनुहुन हार्दिक अनुरोध गर्दछौं।

उनीहरूले दुई नेताले मार्ग प्रशस्त गरे पार्टीलाई थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी संस्थामा रूपान्तरण गर्न सकिने विश्वास पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com