काठमाडौं । युरोपेली च्याम्पियनस लिगमा लिभरपुल, बायर्न म्युनिख पिएसजी र इन्टर मिलानले विजयी सुरुवात गरेका छन्।

बुधबार लिभरपुले एटलेटिको म्याड्रिडलाई ३–२ ले हराएको छ। पेरिस सेन्ट जर्मेन पीएसजीले पनि एटलान्टामाथि ४–० को शानदार जित रच्दै उपाधि रक्षा अभियान सुरु गरेको छ।

यस्तै ह्यारी केनको दुई गोलको मदतले बायर्न म्युनिकले क्लब वर्ल्डकप विजेता चेल्सीलाई ३–१ ले हराएको छ। पाफोस र बोडो–ग्लिम्टले च्याम्पियन्स लिगमा डेब्यु गर्ने क्रममा बराबरी खेलेका छन् ।

पाफोसले ओलम्पियाकोजलाई गोलरहित बराबरीमा रोक्यो। यस्तै बोडो–ग्लिम्टले स्लाभिया प्रागसँग २–२ को बराबरी खेलेको हो। एनफिल्डमा लिभरपुलका लागि कीर्तिमान रकममा आएका एलेक्जान्डर इसाकले डेब्यु गरे।

घरेलु टिमले एन्डी रोबर्टस र मोहमद सलाहले गोलले सुरुआती छ मिनेटै दुई गोलको अग्रता लिएको थियो। त्यसपछि कार्सोस लारेन्टले एटलेटिकोका लागि दुई गोल फर्काए।

अर्को एक खेलमा इन्टर मिलानले आयाक्सलाई २–० ले हरायो।

 

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com