काठमाडौँ । पाकिस्तान एसिया कप क्रिकेटको सुपर फोरमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा आयोजक यूएईलाई ४१ रनले पराजित गर्दै पाकिस्तान सुपर फोरमा पुगेको हो ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको पाकिस्तानले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उक्रिएको यूएई १७।४ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटिएको हो ।

advertisement

सुरुमा ब्याटिङ गरेको पाकिस्तानका लागि फखर जमानले अर्धशतक बनाए । ३६ बलको सामना गरेका उनले ५० रन जोडेका हुन् । कप्तान सलमान अली आगाले २० रन जोडेको खेलमा शाहिन अफ्रिदीले अन्तिमसमयमा आक्रामक ब्याटिङ गर्दै १४ बलमा २१ रन हिर्काए । उनले बलिङदर्फसमेत दुई विकेट हात पारे । उनी खेलको प्लेयर अफ द म्याच बने । सुरुमा राम्रो खेलेको यूएईले अन्तिम सात विकेट मात्र २० रन जोडेर गुमाउँदा खेल गुमाएको हो ।

समूह ‘ए’मा रहेको पाकिस्तान चार अंक जोड्दै सुपर फोरमा पुगेको हो । यो समूहबाट एक खेल अगाडि नै भारत सुपर फोरमा पुगिसकेको छ । यो समूहको अन्तिम खेलमा ओमानले भारतको सामना गर्नेछ । समूह ‘ए’मा भारत चार अंकसहित शीर्ष स्थानमा छ भने समान अंक रहेको पाकिस्तान दोस्रो स्थानमा छ ।

समूह ‘बी’को भने सुपर फोरको टुंगो लागिसकेको छैन । श्रीलंका र अफगानिस्तानको खेलपछि मात्र सुपर फोरमा जाने टिमको टुंगो लाग्नेछ । अहिलेको तालिका अनुसार श्रीलंका र बंगलादेशको समान चारचार अंक छ । अफगानिस्तान भने दुई अंकसहित तेस्रो स्थानमा छ । श्रीलंकासँगको खेलमा अफगानिस्तानले जित निकाले रनरेटका आधारमा कुन टिम सुपर फोरमा पुग्ने भन्ने निर्णय हुनेछ । अफगानिस्तान पराजित भएमा श्रीलंका र बंगलादेश सुपर फोरमा पुग्नेछन् ।

 

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com