काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को केन्द्रीय समितिको विशेष विस्तारित बैठक काठमाडौंमा सुरु भएको छ।
पार्टी नेताहरूका अनुसार बैठकमा हालैको जेन-जी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रमको गम्भीर मूल्याङ्कन गरिनेछ। साथै, बैठकले आगामी दिनका लागि पार्टीको नीति तथा कार्ययोजना तय गर्नेछ।
बैठकमा केन्द्रीय सदस्यहरूका साथै प्रदेश संयोजक र जिल्ला संयोजकहरूको समेत उपस्थिती रहेको पार्टीले जनाएको छ।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार













प्रतिक्रिया