काठमा । साफ यू–१७ च्याम्पियनसिपमको फाइनल प्रवेशका लागि नेपाल र भारतबीच खेल हुँदैछ।

खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे श्रीलंकाको कोलम्बोमा हुनेछ। त्यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले पाकिस्तानको सामना गर्नेछ। यो खेल दिउँसो ३ः१५ बजे हुनेछ।

advertisement

नेपाल समूह ‘ए’को उपविजेताको हैसियतले सेमिफाइनल पुगेको हो । भारत भने समूह ‘बी’को विजेता हो। नेपालले पहिलो खेलमा श्रीलंकालाई २–० ले हराएको थियो। दोस्रो खेलमा बंगलादेशले नेपाललाई ४–० ले पराजित गरेको थियो। समूह ‘बी’मा भारतले शतप्रतिशत नतिजा निकालेको छ। उसले भुटान, पाकिस्तान र माल्दिभ्सलाई हराएको छ।

तल्लको उमेर समूहमा नेपाल र भारतबीच अहिलेसम्म एक दर्जन खेल भएका छन्। जसमा ११ खेलको नतिजा भारतको पक्षमा गएको छ। नेपालले मात्र एक खेल जितेको छ।

नेपालले यो उपलब्धि सन् २०२२ मा सम्पन्न साफ युट१७ च्याम्पियनसिपको सातौं संस्करणमा हासिल गरेको थियो। कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्प्लेक्स’मा सम्पन्न समूह चरणको खेलमा नेपालले भारतलाई ३–१ गोलले हराएको थियो।

तीन वर्षपछि आज साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गरिरहँदा नेपालका लागि उर्जाको स्रोत यही एउटा हो । संयोग यही मैदानमा नेपालले बिहीबार भारतसँग प्रतिस्पर्धा गर्दैछ। यद्यपि अर्को इतिहास के पनि छ भने नेपालले यही मैदानमा भारतसँग फाइनलमा नमिठो हार बेहोरेको थियो।
सोही खेलको फाइनलमा भारतसँग चार गोलले पराजित हुँदै नेपाल उपाधिबाट बञ्चित भएको थियो

नेपालको त्यो चौथो फाइनल हार थियो। यसअघिका सबै पराजय पनि नेपालले भारतसँगै बेहोरेको थियो। पछिल्ला दुई संस्करणमा नेपालले फाइनलको यात्रा तय गर्न सकेको छैन।

सेमिफाइनलमा भारत र नेपाल तीन पटक आमने–सामने भएको इतिहास छ। सबैमा भारतले नेपाललाई हराएको छ।

समग्रमा यी दुई टोलीबीच १३औं पटक भिड्दैछन् । भारतले पछिल्ला १२ भेटमा कूल ३० गोल गरेको छ। जवाफमा नेपालले मात्र ६ गोल गर्न सकेको छ।

फाइनल खेल शनिबार हुनेछ।

 

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com