काठमाडौं । एसीसी टी–ट्वान्टी एसिया कपको सुपर फोर खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै एक खेल अगावै फाइनलमा स्थान बनाएको छ।

जितका लागि १ सय ६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ दशलमव ३ ओभरमा १ सय २७ रनमा अल आउट भयो।

advertisement

बंगलादेशका ओपनर सैफ हसनले ५१ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रभेज हसन इटनले २१ रन बनाउदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

भारतका कुलदीप यादवले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। बरुण चक्रवर्ती र जस्प्रित बुमराहले २–२ विकेट लिए। तिलक बर्मा र अक्षर पटेलले १–१ विकेट लिए।

त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। भारतका ओपनर अभिषेक शर्माले ३७ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७५ रन बनाए।

भारतलाई ओपनर अभिषेक र शुभमन गिलले ७७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। कप्तान सूर्य कुमार र तिलक बर्मा ५–५ रनमा आउट भए। हार्दिक पान्ड्या २९ बलमा ४ चौका र १ छक्कासहित ३८ तथा अक्षर पटेल १५ बलमा १० रनमा अविजित रहे।

बंगलादेशका रिसाद हसनले २, तान्जिम हसन सकिब, मुश्ताफिजुर रहमान र मोहम्मद सैफुदीनले १९१ विकेट लिए। सुपर फोरमा यसअघि भारतले पाकिस्तान तथा बंगलादेशले श्रींलंकालाई हराएको थियो।

आज पाकिस्तान र बंगलादेश भिड्दै छन्। उक्त खेलको विजेता सुपर फोरमा पुग्नेछ। भारतले अन्तिम खेल शुक्रबार श्रीलंकासँग खेल्नेछ। श्रीलंका भने फाइनल दौडबाट बाहिरि सकेको छ।

 

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com