काठमाडाैं । आन्दोलनबाट क्षति पुगेका उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्न रोजगारदाताले बैंकबाट सस्तो ब्याजदरमा कर्जा पाउने भएको छ।

राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

यस्ता उद्योग वा संस्थाले बैंकहरूको आधार दरमा ०.५ प्रतिशत मात्र थप प्रिमियम लाग्ने गरेर कर्जा पाउने भएका हुन्।

यस प्रकारको कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिमध्ये जुन कम हुन्छ, सो अवधिसम्मका लागि मात्र प्रवाह गर्नु पर्ने व्यवस्था गरिएको छ।

यसरी प्रवाह भएको कर्जामा लाग्ने ब्याजदरमा छ महिनासम्मका लागि सरकारले दुई प्रतिशत ब्याजदर अनुदान दिनेछ।

प्रभावित रोजगारदाता संस्थाले २०८२ पुस मसान्तभित्र कर्जाको लागि निवेदन दिनुपर्नेछ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com