काठमाडाैं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘जेन–जी’ कुनै व्यक्ति वा संस्था नभई एउटा उमेर समूह (पुस्ता) भएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर साम्पाङले भनेका छन्,  ‘जेन–जी व्यक्ति होइन, संस्था होइन — यो एउटा पुस्ता हो, उमेर समूह हो।’

उनले कतिपयले आफूलाई ‘जेन–जीको नेतृत्व’ भनेर प्रस्तुत गर्न खोजेको प्रसङ्गमा टिप्पणी गर्दै लेखेका छन्, ‘कसैले पनि ‘म नेतृत्व हुँ’ भनेर हावा तालमा गफ नहान्नू। सहिदहरूले चाहेको जस्तो शासन अहिले पनि आएको छैन।’

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com