काठमाडौं । वैदेशिक रोजगार विभागले यस वर्षको दशैं बिदामा समेत श्रम स्वीकृति प्रदान गर्ने भएको छ । विभागका महानिर्देशक कमल भट्टराईका अनुसार आवश्यक व्यवस्थापन गर्दै छुट्टै टोली तोकिएको छ ।

उनका अनुसार एक जना उपसचिवसहित सात जना कर्मचारीलाई डेडिकेटेड रूपमा खटाइनेछ । ती कर्मचारीहरूले दशैं बिदाको समयमा श्रम स्वीकृति अनिवार्य रूपमा दिनुपर्ने अवस्थालाई सम्बोधन गर्नेछन् ।

advertisement

विशेषगरी वैदेशिक रोजगारीका लागि भिसा प्राप्त गरेर हवाई टिकटसमेत काटिसकेका कामदारलाई समयमै पठाउनुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ । श्रम स्वीकृति लिन चाहनेले अनलाइन प्रणालीमार्फत आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्नेछ । कागजात अपूर्ण भएमा आवेदन अस्वीकृत हुने र अस्वीकृतिको कारणसमेत स्पष्ट रूपमा बताइने व्यवस्था गरिएको छ ।

यसैबीच, वैदेशिक रोजगारीको प्रमुख गन्तव्य रहेका कतिपय मुलुकहरूले पछिल्ला दिनमा वर्किङ भिसामा कडाइ गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट भिसामा रोक लगाएको छ भने मलेसिया लगायतका अन्य मुलुकहरूले पनि वर्किङ भिसा कडाइ गर्दै आएका छन् ।

गत भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनका क्रममा कैदीबन्दी भाग्ने घटना भएपछि ती मुलुकहरूले सुरक्षा कारण देखाउँदै यस्तो कडाइ गरेका हुन् ।

प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com