काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबारबाट सार्वजनिक कार्यक्रममा निस्किने भएका छन् । उनको खुट्टामा लागेको चोट बिस्तारै निको हुन थालेपछि उनी सार्वजनिक हुन लागेका हुन् ।

निर्वाचनपछि प्रधानमन्त्रीका उम्मेदवार रहेका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग यही ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो ।

advertisement

चोट लागे पनि रविले त्यसलाई वास्ता नगरीकन आफ्ना गतिविधिहरू अगाडि बढाइरहेका थिए । तर सङ्क्रमण बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालबाट १५ गते नै डिस्चार्ज भए पनि रवि केही दिनसम्म चिकित्सकको सल्लाहअनुसार घरमै रेस्ट गरेको र मंगलबारबाट सार्वजनिक कार्यक्रममा उपस्थित हुन लागेको उपसभापति डिपी अर्यालको भनाइ छ । अर्यालका अनुसार भोलिबाट चितवनतिर निस्कने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com