काठमाडौं । निर्वाचन आयोगले कात्तिक १७ गतेका लागि तय भएको मनाङ-२ को प्रदेश सभा उपनिर्वाचन स्थगित गरेको छ ।

आयोगको आइतबारको बैठकले उपनिर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । यो क्षेत्रबाट निर्वाचित सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) ज्यान मार्ने कसुरमा दोषी ठहर भएपछि उक्त स्थान रिक्त थियो ।

advertisement

पछिल्लो बाढीपहिरो लगायतका विपद्का घटनाका कारण निर्वाचन सम्बन्धि कार्य पनि प्रभावित भएकाले तत्कालका लागि मिति स्थगित गर्ने निर्णय भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

प्रतिनिधि सभाकै निर्वाचन घोषणा भइसकेकाले अब त्यो काममा आयोग लागेको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com