काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एसियाका दुई बलिया टोली इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार यसको आधिकारिक जानकारी दिँदै नेपालले कार्तिक ७ गते इरान र कार्तिक १० गते भारतको सामना गर्ने तालिका सार्वजनिक गरेको हो।

यसअघि भारतसँग मात्र मैत्रीपूर्ण खेल खेल्ने तय भए पनि तालिकामा इरान पनि थपिएको हो। साथै, भारतसँगको खेलको स्थान पनि परिवर्तन गरिएको छ। पहिले सिक्किममा हुने भनिएको खेल अब भारतको शिलङमा आयोजना हुने एन्फाले जनाएको छ।

यी दुई महत्वपूर्ण मैत्रीपूर्ण खेलको तयारीका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन्। उनले ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्। जसबाट अन्तिम टोलीको छनोट गरिनेछ।

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com