काठमाडौं । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पेश गरेको छ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित सातजनाविरुद्ध करिब ७८ लाख रुपैयाँ बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दर्ताका लागि अदालतमा पेश गरिएको हो। हाल अदालतमा मुद्दा रुजु गर्ने प्रक्रिया चलिरहेको छ।
यो प्रकरण जग्गा हिनामिनासँग सम्बन्धित घूस डिल र पूर्वमन्त्री तथा बिचौलियाहरूको अडियो सार्वजनिक भएपछि सार्वजनिक ध्यानमा आएको थियो।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार












प्रतिक्रिया