भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज (बिहीबार) भक्तपुरमा आयोजना गरिएको विशेष कार्यक्रममा सहभागी भई सम्बोधन गर्ने भएका छन् ।

एमाले भक्तपुर जिल्ला कमिटीको आयोजनामा सूर्यविनायक नगरपालिका–७, गुण्डुमा हुने उक्त कार्यक्रममा अध्यक्ष ओलीले हाल देशमा देखिएका राजनीतिक अवस्थाबारे धारणा राख्ने र पार्टीका नेता–कार्यकर्ताले निभाउनुपर्ने जिम्मेवारीबारे निर्देशन दिने कार्यक्रम रहेको बताइएको छ ।

advertisement

‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम’ नाम दिइएको उक्त कार्यक्रममा अध्यक्ष ओलीसँगै पार्टी महासचिव शंकर पोखरेलसहित केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताहरूको सहभागिता रहने भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममार्फत अध्यक्ष ओलीले पछिल्लो असामान्य राजनीतिक परिस्थिति, पार्टीको दृष्टिकोण र आगामी रणनीतिबारे स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com