काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्ने भएको छ । ललितपुरस्थित एक होटलमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको पार्टी स्रोतले जनाएको छ । तर पार्टी सभापति शेरबहादुर देउवा बैठकमा सहभागी नहुने भएका छन्।

सभापति देउवा अनुपस्थित रहने भएपछि बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्ने तय भएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवा पार्टीको कुनै पनि बैठकमा उपस्थित भएका छैनन्।

advertisement

आजको बैठकमा पार्टीको केन्द्रीय समिति बैठकका सम्भावित एजेन्डा र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमै नियमित महाधिवेशन गर्ने प्रस्ताव लैजाने तयारी गरेको बताइएको छ ।

तर सभापति देउवानिकट नेताहरू विशेष महाधिवेशनको पक्षमा छैनन् । यता महामन्त्रीद्वय थापा–शर्मा र नेता शेखर कोइरालानिकट केही समूहले विशेष महाधिवेशन माग गर्दै महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन सुरु गरेका छन् ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com