काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डा. निकोलस भुसाल, सञ्जीव दाहालसहित अन्य व्यक्ति पनि समावेश छन्।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कसैलाई पनि प्रदर्शनको अनुमति नदिएको अवस्थामा उनीहरू माइतीघर पुगेका कारण पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
जेन–जीका विभिन्न समूहहरूले माइतीघरमा प्रदर्शन गर्ने तयारी गरिरहेका थिए।
यसैबीच, प्रहरीले माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका ठूलो संख्यामा टोली परिचालन गरिएको छ।
प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार












प्रतिक्रिया