काठमाडौं । नेकपा एमालेले भक्तपुरको गुण्डुमा विशेष कार्यक्रम आयोजना गरेको छ। बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीको पहलमा ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम’ सञ्चालन गरिएको हो।
कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहभागिता जनाएका छन्। साथै महासचिव शंकर पोखरेलसहित विभिन्न तहका नेता तथा कार्यकर्ताहरू पनि कार्यक्रममा उपस्थित छन्।
प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार












प्रतिक्रिया