काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधानअनुसार नभई बलपूर्वक गठित भएको दाबी गरेका छन्।

भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले पद ग्रहण गर्दा शर्त राखेर मात्र शपथ लिएको उल्लेख गरे।

advertisement

‘देशको परिस्थिति अहिले असाधारण र असामान्य छ। देशमा सरकार छ, तर संविधानअनुसार बनेको छैन, बलपूर्वक बनेको सरकार छ,’ उनले भने।

ओलीले चेतावनी दिएका छन् कि संसद् भंग नभए देशमा जेनजीले आक्रोश फैलाउन सक्ने अवस्था छ। उनले भने, ‘संसद् तुरुन्तै शपथ गरी भंग गर्ने सिफारिस गर्नुपर्छ। यदि संसद् भंग भए मात्र प्रधानमन्त्री बन्ने सम्भावना छ, नभए देशमा जेनजीले आगो बलाउनेछ।’

उनले पूर्व न्यायाधीश वा प्रधानन्यायाधीश भएर कुनै पनि सरकारी पद सम्हाल्न नहुने कुरा पनि दोहोर्याए। ‘संसद् भंग गर्ने पूर्वशर्त राखेर सर्वोच्च प्रतिनिधि संस्था र लोकतन्त्रको आधार कमजोर पार्ने शर्तमा सुशीला कार्की प्रधानमन्त्री बनिन्। उनी संविधानको स्पष्ट व्याख्या गर्ने व्यक्तित्व हुन्,’ ओलीले भने।

अध्यक्ष ओलीका अनुसार कार्की प्रधानमन्त्री बन्नकै लागि २४ गते दिउँसो सडकमा उत्रिएकी थिइन्। उनले प्रश्न उठाउँदै भने, ‘नेपालको संविधानले स्पष्ट भन्छ—पूर्व न्यायाधीश, प्रधानन्यायाधीश कुनै सरकारी पदमा बस्न सक्दैनन्। तर, उहाँले सडकमा उत्रेर केको लागि कदम चाल्नुभयो?’

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com