काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपाली जनता प्रतिनिधित्व गर्ने सरकार नभएको दाबी गरेका छन्।

बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भने, ‘यो नेपालीको सरकार होइन।’ उनले गृहमन्त्रीलाई आफैं नचिने पनि सम्हालिन सुझाएका छन् र राजनीतिलाई हल्का नलिन चेतावनी पनि दिए।

advertisement

ओलीले वर्तमान प्रधानमन्त्रीले पद ग्रहण गर्दा संसद् भंग गर्ने शर्त राखेर मात्र शपथ लिएको स्मरण गर्दै भने, ‘संसद् भंग गर्ने पूर्वसर्त राखेर जनताको सर्वोच्च सार्वभौम संस्था र लोकतन्त्रको आधार कमजोर गर्ने शर्तमा उहाँ प्रधानमन्त्री बनेकी हुन्। संविधानको व्याख्या गर्ने व्यक्तित्व भएकाले उनले आफैंलाई के गर्नु परेको हो भन्ने राम्रोसँग थाहा छ।’

उनले प्रधानन्यायाधीश वा न्यायाधीश रहिसकेका व्यक्ति प्रधानमन्त्री वा मन्त्री पदमा बस्न नपाउने संविधानको व्यवस्था रहेको उल्लेख गर्दै, राष्ट्रपतिले यो सरकारलाई चुनाव गराउन म्याण्डेट तोकेको भए पनि सरकार चुनावतर्फ अग्रसर नभएको आरोप लगाए।

ओलीले राताराति आयोजना गरिएका मिटिङमार्फत आफू र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको र सडकमा सरकार आफैं तमासा गरेको आरोप लगाए। साथै पासपोर्ट रोक्का र उपत्यका छाड्न नदिने प्रयास भए पनि आफू डरका कारण नभाग्ने पनि उनले बताए।

पूर्वप्रधानमन्त्री ओलीले जनेजी आन्दोलनमा बालबालिकालाई अगाडि राखेर पेट्रोल फ्याँक्ने र आगो लगाउने गतिविधिमा संलग्नहरूलाई सरकारले कारबाही नगरेको अवस्थामा क्षमा नहुने चेतावनी पनि दिए।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com