काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी संकटको समयमा एकजुट भएर उभिनुपर्ने बताएका छन्।

भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले अहिले पार्टी भित्र उठिरहेका पुनर्गठनको माग सान्दर्भिक नरहेको बताए।

advertisement

‘हामीले विधानअनुसार महाधिवेशन सम्पन्न गरिसक्यौं र महाधिवेशनको संघारमै छौं। कसैले आफू योग्य ठान्यो भने कार्यकर्ताको विश्वास जित्ने अवसर महाधिवेशनमै उपलब्ध छ,’ उनले भने, ‘सडकमा हिँडेर दबाब देखाउनु वा तमासा गर्नु पर्दैन।’

पोखरेलले हरेक नेताले आफ्नो क्षमता र योग्यतालाई कार्यकर्ताबीच प्रस्तुत गर्ने अवसर पाउने पनि बताए।

‘आफूलाई योग्य सावित गर्न महाधिवेशनको हलमा कार्यकर्ताबीच प्रस्तुत हुने मौका सबैलाई उपलब्ध छ। संकटको समयमा पार्टीमा विभाजन होइन, एकता आवश्यक छ,’ महासचिव पोखरेलले जोड दिए।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com