काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठन गरिएको गौरी बहादुर कार्की नेतृत्वको आयोगलाई नक्कलीको संज्ञा दिएका छन्।
बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले आयोगलाई लिएर तीव्र आलोचना गरे।
‘सम्पत्ति छानबिन गर्ने भनियो, एक पटक होइन दश पटक गर्नुस्,’ उनले प्रश्न गरे, ‘मन्त्रीज्यूहरूले आफ्नै सम्पत्ति छानबिन गर्नुहुन्छ कि? यो सबै गजबको ड्रामा हो।’
ओलीले यस प्रकारका नाटक एमालेलाई स्वीकार्य नभएको स्पष्ट पारे। उनले आयोगको प्रतिवेदन नमान्ने पनि बताए।
‘जे गर्नुस् गर्नुस्, तर एमाले चिचिपट खेलेर होइन, देश विकासको मार्गचित्र लिएर अघि आएको छ,’ उनले थपे।
प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार












प्रतिक्रिया