काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सानेपामा जारी छ।

बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित रहेका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भइरहेको बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन्।

advertisement

पदाधिकारीहरूका अनुसार सभापति देउवा आगामी २६ असोजमा बस्ने केन्द्रीय समिति बैठकको लागि केन्द्रीय कार्यालय सानेपामा पुग्ने तयारीमा रहेका छन्।

भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस सत्ताबाट बाहिरिएको थियो। आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले भदौ २४ गते देउवा निवास बूढानीलकण्ठमा आक्रमण गरी सभापति र तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि हमला गरेका थिए र निवासमा आगजनी गरेका थिए।

त्यसयता करिब ३० दिनदेखि सभापति देउवा सार्वजनिक रूपमा देखिएका छैनन्। उनी हाल काठमाडौंमा घर भाडामा बसिरहेका छन् र आफ्ना निकटस्थ पदाधिकारीहरूसँग भौतिक रूपमा र केन्द्रीय सदस्यहरूसँग फोनमार्फत संवाद गरिरहेका छन्।

त्यसैबीच, कांग्रेसभित्र संस्थापनबाहेकका समूहले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिरहेका छन्।

आजको बैठकमा हालका राजनीतिक घटनाक्रम, केन्द्रीय कार्यसमिति बैठकको तयारी र पार्टी संगठन सुदृढीकरणबारे छलफल हुने बताइएको छ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com