काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई बाहिर राखी नियमित महाधिवेशनको तयारी अघि बढाउन प्रस्ताव गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले वर्तमान देउवा नेतृत्वको कार्यसमितिको म्याद नथपी मंसिरभित्र नियमित महाधिवेशन गर्ने प्रस्ताव एजेन्डामा राखेका छन्। देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी मंसिरमा सकिँदैछ।

advertisement

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार, ‘सभापतिज्यूलाई बाहिर राखेर कार्यसमितिको म्याद नथपी नियमित महाधिवेशनमा जाने प्रस्ताव महामन्त्री गगन थापाले एजेन्डा रूपमै राख्नुभएको छ।’ उनले कार्यवाहक तोकेर महाधिवेशनमा अघि बढ्ने तयारी पनि गरेका छन्।

पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा जारी छ। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देउवालाई आफ्नै निवास बुढानीलकण्ठबाट प्रदर्शनकारीले कुटपिट गरेका थिए। यस क्रममा सभापति देउवाको गर्दनमा गहिरो चोट लागेको थियो र १२ टाँका लगाइएको थियो। घाउ पूर्ण रूपमा निको नभएका कारण सभापति बैठकमा उपस्थित हुन नसकेका छन्।

बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ। बैठकमा इतर समूहका नेता डा. शेखर कोइरालासमेत सहभागी छन्।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com