काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरूसँग विशेष बैठक गरेका छन्।

बैठकमा नेपाल प्रहरीका आइजिपी चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीसहित सेनाका प्रतिनिधिहरू पनि सहभागी थिए।

advertisement

स्रोतका अनुसार बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र सुरक्षा चुनौतीबारे व्यापक छलफल भएको थियो। त्यस्तै, बिहीबारको सम्भावित प्रदर्शन र यसमा दुर्गा प्रसाईंको संलग्नताबारे पनि विश्लेषण गरिएको गृह स्रोतले जानकारी दिएको छ।

‘पछिल्ला घटनाक्रम, सुरक्षा चुनौती र दुर्गा प्रसाईंको फ्याक्टरबारे विश्लेषण गरेर छलफल गरिएको थियो,’ स्रोतले बताए।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com