काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग युरोपका पाँच देशका राजदूतहरूले शिष्टाचार भेट गरेका छन्।

बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्यान्ड र स्वीट्जरल्यान्डका राजदूतहरूले गृहमन्त्री अर्यालसँग भेटवार्ता गरेका हुन्।

advertisement

भेटका क्रममा नेपाल र ती देशबीचको आपसी सम्बन्ध, नेपालको वर्तमान राजनीतिक अवस्था तथा समृद्धि र सहयोगका विषयमा छलफल भएको बताइएको छ।

स्रोतका अनुसार राजदूतहरूले नेपालको स्थायित्व र विकासप्रतिको चासो व्यक्त गर्दै सहकार्यलाई अझ सुदृढ बनाउन इच्छा व्यक्त गरेका थिए।

यसअघि बुधबार प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा कार्यरत नेपाली राजदूत तथा नियोग प्रमुखहरूसँग परामर्श बैठक गरेकी थिइन्।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com