काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध दर्ता भएको जाहेरी आफ्नो कार्यक्षेत्रभित्र नपर्ने निष्कर्ष निकालेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूविरुद्ध परेको उजुरी पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको थियो।

advertisement

आयोगले प्रारम्भिक अध्ययनपछि उक्त जाहेरी आफूले छानबिन गर्न नसक्ने र यस सम्बन्धी विषय अन्य सम्बन्धित निकायको अधिकारक्षेत्रमा पर्ने ठहर गरेको हो।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com